images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • बालाजुमा भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको...

बालाजुमा भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको उद्घाटन

बालाजुमा भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको उद्घाटन

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौं ।  भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकर्र्प प्रालिले बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टरले मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको हो, जसले ग्राहकहरूलाई बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकोर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोद्वारा सम्पन्न भएको हो ।

    images
    images

    यसले काठमाडौं उपत्यकाभरका भेस्पा तथा अप्रिलिया प्रयोगकर्ताहरूसम्म सेवाको पहुँच र सहजता विस्तार गर्ने कम्पनीको निरन्तर लक्ष्यमा अर्को महत्वपूर्ण उपलब्धिको रूपमा चिन्हित भएको छ ।आधुनिक उपकरण, उन्नत मेशिनरी तथा व्यावसायिक रूपमा प्रशिक्षित प्राविधिकहरूसहित सुसज्जित यस नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डाएग्नोस्टिक सेवा तथा जेनुइन स्पेयर पाट्र्स उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

    “बलाजुस्थित हाम्रो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी र गर्व महसुस गर्दैछौँ,” डेल्टा अटोकोर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले भने, “यस विस्तारले भेस्पा तथा अप्रिलियाप्रति हामीले व्यक्त गर्दै आएको प्रतिबद्धतालाई सार्थकता प्रदान गर्नुका साथै, हाम्रो सम्मानित ग्राहकहरूलाई अझ नजिकबाट उच्चस्तरीय सेवा र भरपर्दो समर्थन उपलब्ध गराउने हाम्रो प्रयासलाई थप मजबुत बनाएको छ ।”डेल्टा अटोकोर्प प्रालिले सबै भेस्पा तथा अप्रिलिया चालकहरूलाई नयाँ सर्भिस सेन्टर, बलाजुमा स्वागत गर्दै, आर एस सर्भिस हब प्रालिमार्फत विश्वस्तरीय सेवा अनुभव लिन आग्रह गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend