images

२०८३ आश्विन १८ गते

images
images
images

उदय सुब्बा नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्वाचित

उदय सुब्बा नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्वाचित

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौँ। नेपाल चलचित्र निर्माता सङ्घको १९औँ साधारणसभाबाट अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित भएका छन् । प्रतिस्पर्धी सुनीलकुमार थापालाई पराजित गर्दै सुब्बा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    images
    images

    सोमबार भएको निर्वाचनमा महासचिव पदमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा रामप्रसाद रिजाल, उपाध्यक्ष पदमा ज्योतिराज राई र रौनक विक्रम कँडेल निर्विरोध निर्वाचित भए।

    सङ्घको कार्यसमिति सदस्यहरुमा टङ्कबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, घनेन्द्र थपलिया, प्रवीण कार्की, चुम्बनजङ्ग शाही र राजकुमार पण्डित निर्विरोध छनोट भएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend