images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • अष्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपाली...

अष्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपाली डा.नारायण प्रधानको दशकौँ लामो योगदान

अष्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपाली डा.नारायण प्रधानको दशकौँ लामो योगदान

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • मेलबर्न,सिड्नी।अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्ने पहिलो नेपाली मानिने डा.नारायण प्रधान नेपाली,अष्ट्रेलियाली समुदायका एक अग्रणी नामका रूपमा आज पनि सम्मानपूर्वक स्मरण गरिन्छ। स्कटल्याण्डको स्ट्राथक्लाइड विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि हासिल गरेका उहाँ सन् १९७४ जनवरीमा अष्ट्रेलिया आइपुगेका थिए।

    images
    images

    सुरुमा दुई वर्ष बस्ने सोच लिएर अष्ट्रेलिया पुगेका डा.प्रधानले अन्ततः यही देशलाई आफ्नो घर बनाए। मेलबर्नमा सुरु भएको उहाँको बसोबासले अष्ट्रेलियामा नेपाली आप्रवासनको नयाँ चरणको थालनी गरेको बताइन्छ।

    सन् १९७७ मा सिड्नी सरेपछि, डा.प्रधान र उनकी श्रीमती लीला प्रधानले गोविन्द शाह, अरित तण्डुकर, इन्द्रा बान लगायत अन्य अग्रजहरूसँग मिलेर अष्ट्रेलियामा नेपालीहरूको पहिचान स्थापित गर्ने पहिलो औपचारिक संस्था नेप्लिज अष्ट्रेलियन एसोसिएसनमा सक्रिय भूमिका खेले।

    images
    images

    एक वैज्ञानिकका रूपमा रासायनिक अनुसन्धान र वातावरणीय विज्ञानमा उल्लेखनीय योगदान दिएका डा.प्रधानले शैक्षिक तथा सरकारी क्षेत्र दुवैमा प्रभावशाली करियर बनाएका थिए।

    व्यावसायिक जीवन बाहेक, उनले प्रारम्भिक नेपाली आप्रवासीहरूबीच सामुदायिक एकता प्रवर्द्धन, सांस्कृतिक संरक्षण र नयाँ आगन्तुकहरूको सामाजिक एकीकरणका क्षेत्रमा महत्वपूर्ण नेतृत्व प्रदान गरे।

    सिड्नीमा बसोबास गर्दै पाँच दशकभन्दा बढी समय समुदायको सेवा गरेका डा.प्रधान नेपाली,अष्ट्रेलियाली समाजमा एक सम्मानित र प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend