काठमाडौँ । कार्तिक २९, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शनिबार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढेको निगमले जनाएको छ।
निगमका अनुसार भारतबाट पेट्रोलमा २.५४ रुपैयाँ र डिजेलमा ६.५३ रुपैयाँ मूल्य वृद्धि भएर आएको हुँदा त्यस अनुसार आन्तरिक मूल्य समायोजन गर्नुपरेको हो।
मूल्य परिवर्तन पछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल,मट्टीतेल प्रतिलिटर १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ।
.jpg)




.gif)





