क्यानबेरा, अस्ट्रेलिया, अन्तर्राष्ट्रिय मिडिया अनुसन्धान तथा प्रकोप व्यवस्थापनका प्रतिष्ठित विज्ञ डा. भरतराज राज पौडेल पछिल्ला वर्षहरूमा विश्वव्यापी शैक्षिक तथा व्यावसायिक क्षेत्रहरूमा सक्रिय रूपमा पहिचान बटुल्दै आएका छन्। हाल उनी अस्ट्रेलियास्थित Australian Institute of International Affairs (AIIA) र Queensland Academy of Technology सँग सम्बद्ध रहेर अध्यापन तथा अनुसन्धानमा संलग्न छन्।
डा. पौडेल अमेरिकाको International Crisis and Risk Communication Association (ICRCA) का सक्रिय सदस्य समेत हुन्, जहाँ उनले प्रत्येक वर्ष प्रकोप व्यवस्थापन, सञ्चार र जोखिम विश्लेषण सम्बन्धी अनुसन्धानपत्रहरू प्रस्तुत गर्दै आएका छन्। नेपालको प्रकोप व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन उनले विकास गरेको “मिडिया रिपोर्टिङ मोडेल” विशेषरूपमा प्रशंसित हुँदै आएको छ।
क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी (QUT) बाट विद्यावारिधि (PhD) प्राप्त गरेका डा. पौडेलले पहिल्यै Southern Cross University बाट Emergency Management and Community Development मा स्नातकोत्तर गरेका थिए। यसअघि उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा एम.ए. र वनस्पति शास्त्रमा बी.एस्सी. पुरा गरेका थिए।
सन २००६ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया पुगेका डा. पौडेल नेपालमा रहँदा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) मा झण्डै एक दशक Science Communication शाखामा कार्यरत थिए। साथै, उनले रेडियो सगरमाथा र UNDP काठमाडौं मा समेत करिब ६ वर्ष काम गरेका थिए।
गैर आवासीय नेपाली संघ (NRNA) को प्रकोप व्यवस्थापन तथा SKI (Skills, Knowledge & Innovation) टास्कफोर्सको नेतृत्व गरेका डा. पौडेलले अस्ट्रेलियामा Disaster, Emergency & Crisis Management (DECMT) सम्मेलन समेत आयोजना गरेका थिए। यिनै विषयमा उनले राष्ट्र तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा अनेकौं अनुसन्धानपत्र प्रस्तुत गरेका छन्।
मिडिया संलग्नतामा पनि सक्रिय डा. पौडेल विगतमा रेडियो स्किड रो सिड्नी, Nurse Sore FM, र Nepali Times मा स्वयंसेवी रुपमा कार्यक्रम प्रस्तुति तथा टिप्पणीकारका रूपमा देखिन्थे। हाल उनी क्यानबेरा स्थित CMS रेडियो मा नियमित रूपमा कार्यक्रम सञ्चालन गर्दै आएका छन्।




.gif)





