images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • ३७ प्रतिशतले बढ्यो एलआईसी नेपालको खुद...

३७ प्रतिशतले बढ्यो एलआईसी नेपालको खुद नाफा

३७ प्रतिशतले बढ्यो एलआईसी नेपालको खुद नाफा

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले गत आवको पहिलो त्रैमासको तुलनामा खुद नाफामा सुधार  देखिएको  छ ।

    images
    images

    खुद नाफा

    पहिलो त्रैमासमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले देखाएको छ। गत आवको पहिलो त्रैमासमा ७ करोड ८८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवमा भने ३७.४७ प्रतिशत बढी नाफा कमाउन सफल भएको हो।

    images
    images

      जीवन बीमा कोष/खुद ब्याज आम्दानी/कुल आम्दानी

     यो अवधिमा  कम्पनीको जीवन बीमा कोषको आकार पनि १ खर्ब २३ अर्ब ७८ करोड ८० लाख रुपैयाँबाट १०.६४ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ। त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब ५४ कराड ८४ लाख रुपैयाँबाट ९.११ प्रतिशतले बढेर ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ७ अर्ब ७५ करोड २० लाख रुपैयाँबाट ५ प्रतिशतले बढेर ८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

    कुल खर्च/अभिकर्ताकमिशन

    समीक्षा अवधिमा कुल आम्दानीसँगै कम्पनीको कुल खर्च पनि ७ अर्ब १६ लाख रुपैयाँबाट ५.८३ प्रतिशतले बढेर ७ अर्ब ४० करोड ९६ लाख रुपैयाँ पुगेको छ। कम्पनीले गत वर्षको तीन महीनामा अभिकर्तालाई २८ करोड ७३ लाख रुपैयाँ कमिशन दिएकोमा चालू आवमा २०.३६ प्रतिशतले बढाएर ३४ करोड ५८ लाख रुपैयाँ कमिशन दिएको छ।

    चुक्ता पूूँजी/महाविपत्ति कोष/सेयर प्रिमियम/जगेडा कोष

    चुक्ता पूूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम ४९ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा ६९ करोड १६ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ सञ्चिति रहेको छ।

    प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

     यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.९८ रुपैयाँबाट बढेर ७.८८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८३.३२ रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend