images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • सातदोबाटोमा सारथी विद्युतीय स्कुटरको नयाँ शाखा...

सातदोबाटोमा सारथी विद्युतीय स्कुटरको नयाँ शाखा उद्घाटन

सातदोबाटोमा सारथी विद्युतीय स्कुटरको नयाँ शाखा उद्घाटन

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं। वातावरणमैत्री सवारी साधनको माग तीव्र गतिमा बढ्दै जाँदा नेपालको विद्युतीय सवारी बजारमा क्रियाशील कम्पनी ‘जिरो इमिसन राइड (एन)’ ले ललितपुरको सातदोबाटोमा नयाँ शाखा (शोरुम) सञ्चालनमा ल्याएको छ ।मिति २०८२ साल कार्तिक २६ गते, बुधबार, विशेष समारोहका बीच उक्त नयाँ शोरुमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी मथुरा घिमिरेद्वारा रिबन काटि शोरुम उद्घाटन गरिएको हो ।

    images
    images

    कम्पनीले देशभर ‘देशको ऊर्जा, देशमै खपत’ भन्ने नारासहित पछिल्ला ६ वर्षदेखि चीनमा निर्मित लुयान र इकुटर ब्रान्डका विद्युतीय स्कुटरहरूको आधिकारिक विक्रि तथा वितरण गर्दै आएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले वातावरण अनुकुल सवारीसाधन हुँदाहँदै पनि हाम्रै मुलुकमा उत्पादन हुने विद्युतको प्रयोग हुने हुँदा वैदेशिक मुद्रा सँचितिमा उल्लेख्य भुमिका खेल्ने यस्ता सवारीसाधनको प्रवद्र्धनको लागि सबैको पहल आवश्यक रहेको औंल्याए ।

    कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले लामो समयदेखि अटोमोवाइल क्षेत्रमै व्यवसाय गदै आइरहेकोले बिक्रि पछिको सेवामा उत्कृष्ट काम गर्ने कम्पनीको रुपमा चिनिन पाउँदा गर्व लागेको बताए। निर्देशक नगरकोटीले निकट भविष्यमा सारथी ब्राण्ड मार्फत सबै स्कुटरहरु नेपाल मै एसेम्बल गरिने प्रकृया अघि बढेको जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend