images

२०८३ आश्विन १७ गते

images
images
images

ग्लोबल आइएमई लघुवित्तको नाफामा वृद्धि

ग्लोबल आइएमई लघुवित्तको नाफामा वृद्धि

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं,२७ कार्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड २१ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको पहिलो त्रैमासमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ५३.६२ प्रतिशत बढी नाफा कमाएको हो।त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३ करोड ७१ लाख ३५ हजार रुपैयाँबाट ६५.८४ प्रतिशतले बढेर २२ करोड ७४ लाख १९ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १५ करोड ९४ लाख १२ हजार रुपैयाँबाट ५२.५३ प्रतिशतले बढेर २४ करोड ३१ लाख ५२ हजार रुपैयाँ पुगेको छ।

    images
    images

    त्यसैगरी गत आवको असोज मसान्तसम्म ५ करोड ७८ लाख २४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको यस कम्पनीले चालू आवको सोही अवधिमा ५३.८६ प्रतिशतको वृद्धि सहित ८ करोड ८९ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ।नाफा र आम्दानीमा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि २६.१६ रुपैयाँबाट बढेर ४०.१९ रुपैयाँ (वार्षिकीकरण) कायम भएको छ। यता खराब कर्जा ४.३५ प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २२०.०९ रुपैयाँ कायम भएको छ।

    चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेकोकम्पनीको जगेडा कोषमा ७४ करोड ३२ लाख ११ हजार रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले १० अर्ब ९ करोड २३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ६९ करोड ९४ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend