images

२०८३ आश्विन १६ गते

images
images
images

लेम्फी र इसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता

लेम्फी र इसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न इसेवा मनी ट्रान्सफरसँग साझेदारी गरेको छ। नेपाल राष्ट्र बैंकले सम्झौता अनुमोदन गरेसँगै दुवै कम्पनीबीचको सहकार्य औपचारिक बनेको हो।

    images
    images

    यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायतसहित) का नागरिकलाई कम लागत र भरपर्दो अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्न लेम्फीलाई सक्षम बनाउने बताइएको छ। अब लेम्फीमार्फत नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका र युरोपका देशहरूमा पैसा पठाउन सकिनेछ।

    लेम्फीका दक्षिण एसिया प्रमुख मुहम्मद दैयान आलमले भने, ‘नेपाल दक्षिण एसियामा धेरै रेमिट्यान्स प्रवाह गर्ने राष्ट्रमध्ये अग्रपङ्क्तिमा पर्छ। हामी ग्राहक र लाभार्थीहरूलाई पहुँचयोग्य र निष्पक्ष वित्तीय सेवा दिन प्रतिबद्ध छौं।’इसेवा मनी ट्रान्सफरको स्थापित भुक्तानी सञ्जालले ग्राहकसँगको पहुँच र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।अमेरिका, बेलायत, युरोप र क्यानडामा २० लाखभन्दा बढी ग्राहक रहेको लेम्फीले सुरक्षित र नवीन वित्तीय सेवा विस्तार गर्ने योजनामा रहेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend