images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सूर्योदय वोमीले कमायो ६ करोड २४...

सूर्योदय वोमीले कमायो ६ करोड २४ लाख रुपैयाँ नाफा

सूर्योदय वोमीले कमायो ६ करोड २४ लाख रुपैयाँ नाफा

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • काठमाडौँ,२६ कार्तिक।अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आफ्नो सूचकमा उल्लेख्य वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा चार करोड ७१ लाख रुपैयाँ नोक्सानीमा रहेको संस्थाले यो आर्थिक वर्षको पहिलो तीन महिनामा भने छ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

    images
    images

    गत आवको असोज मसान्तसम्म ८ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको असोज मसान्तसम्म १३८.३७ प्रतिशतको छलाङ मार्दै २० करोड ७५ लाख पुर्‍याएको छ । यही आम्दानीले पनि संस्थाको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

    त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ११ करोड ५० लाख रुपैयाँबाट १०७.४४ प्रतिशतको वृद्धि भएर २३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आवमा चार करोड ७१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको संस्थाले यसमा पनि सुधार गर्दै आठ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।योसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि गत वर्षको तीन महीनामा १८.०८ रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा २२.५८ रुपैयाँ धनात्मक रहेको छ। खराब कर्जा ६.३० प्रतिशतबाट घटेर ५.६४ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५०.९२ रुपैयाँ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend