images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा...

निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू

निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र बीमा कम्पनीबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पुनःनिर्माण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पत्तिको पुनःनिर्माण शुरू गरिसकेको जानकारी गराएका हुन् ।  उनले भने, ‘हामीले विजनेस रिकभरी प्लानमा भनेका थियौँ, बीमा कम्पनीले पूर्ण मूल्यांकन हुनुभन्दा अघि नै अनुमान गरिएको रकमको ५० प्रतिशत अग्रिम दिनुपर्छ । ताकी व्यवसायीले त्यो अग्रिम भुक्तानी लिएर पुनःनिर्माण गर्ने काम प्रारम्भ गरौँ भनेर त्यो गरेको त्ये अहिले कार्यान्वयनमा छ । अहिले ठाउँ ठाउँमा निजी क्षेत्रले आफ्नो सम्पत्तिको पुनःनिर्माण शुरू गरिसकेका छन्।’

    images
    images

    उनले बीमा कम्पनीबाट दुई अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायीले व्यवसायिक काम नै प्रारम्भ गरेको बताए । बीमा कम्पनीबाट करिब २७ अर्बको निजी क्षेत्रको क्षति भएको अनुमान बीमा कम्पनीमा प्रस्तुत भएको छ । जसमध्येमा साढे तीन अर्ब जतिको सर्भिवरले मूल्यांकन गरिसकेको छ । साढे तीन अर्बमा पनि दुई अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको उनले भने, ‘कतिपयको त काम व्यवसायिक काम नै प्रारम्भ गरेका छन् । चन्द्रागिरीले पनि दुई दिन अघि घोषणा नै गरेको थियो । भाटभटेनीको दुई, तीन वटा स्टोर अब दुई महिनामा खोल्ने भन्नुभएको छ।’

    उनले व्यसायीका लागि राष्ट्र बैंकले थप कर्जा लिनु परेमा थप कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको समेत बताए ।बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहल सम्बन्धमा छलफल भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend