images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • कपिलवस्तुको सुठौली नाकाबाट २१८ बोरा युरिया...

कपिलवस्तुको सुठौली नाकाबाट २१८ बोरा युरिया मल बरामद

कपिलवस्तुको सुठौली नाकाबाट २१८ बोरा युरिया मल बरामद

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ । कपिलवस्तुको सुठौली नाकाबाट भन्सार छलेर ल्याएको २१८ बोरा युरिया मल बरामद गरिएको छ । सशस्त्र प्रहरीको मर्यादपुर बिओपी र भन्सार कार्यालयको टोलीले लुकाएर राखेको अवस्थामा रासायनिक मल बरामद गरेको हो ।

    images
    images

    दशगजा क्षेत्रमा लुकाएर राखेको सुराकको आधारमा मल बरामद गरिएको सुठौली भन्सार कार्यालयका भन्सार अधिकृत किरण विष्टले  बताए । मल तस्करी गर्नेहरूले सो मल दशगजा क्षेत्रको बगैँचामा लुकाएर राखेका थिए । यशोधरा गाउँपालिका वडा नम्बर–७ मा मल लुकाएर राखिएको सूचना आएपछि नम्बर–२८ गण कपिलवस्तुबाट पनि सशस्त्र प्रहरीको थप टिम परिचालन गरिएको गणपति (एसपी) नेत्र केसीले जानकारी दिए ।सुठौली नाका कृष्णनगर पछिको दोस्रोको दोस्रो नाका मानिन्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend