images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • महुली लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी...

महुली लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

महुली लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं,२४ गते कार्तिक । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाफामा उच्च वृद्धि देखिएको हो।कम्पनीको खुद नाफा गत वर्षको असोज मसान्तसम्म ४ लाख ४९ हजार रुपैयाँ मात्रै रहेकोमा चालु आवको असोज मसान्तसम्म ७ हजार ५७८ प्रतिशतले बढेर ३ करोड ४४ लाख ७७ हजार रुपैयाँमा पुगेको छ। नाफासँगै प्रतिसेयर आम्दानी पनि ०.५६ रुपैयाँबाट बढेर ३७.२८ रुपैयाँ कायम भएको छ।

    images
    images

    त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ४४ लाख रुपैयाँबाट बढेर ११ करोड १३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६ लाख ४२ हजार रुपैयाँबाट उच्च अंकले बढेर ४ करोड ९२ लाख ५३ हजार रुपैयाँ पुगेको छ।कम्पनीको कुल सञ्चालन आम्दानी पनि ९ करोड २२ लाख रुपैयाँबाट बढेर १२ करोड ६७ लाख रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.८३ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत कायम भएको छ। प्रतिसेयर नेटवर्थ २२३.६० रुपैयाँ रहेको छ।

    चुक्ता पूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ८३ लाख रुपैयाँ र रिजर्भ कोषमा ३१ करोड ८८ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ५ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend