images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा...

एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं,२४ गते कार्तिक । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

    images
    images

    सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उपलब्ध शेयरभन्दा ६ गुणाभन्दा बढी आवेदन परेकाले सबैलाई शेयर प्राप्त नहुने निश्चित भएको छ ।यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गरेको थियो । अत्यधिक आवेदन परेकाले करिब ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर हात पार्न सक्नेछन् ।

    सर्वसाधारणतर्फको आईपीओ खुला गर्नु अघि नै कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्कासन तथा बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज ७ देखि १० गतेसम्म आवेदन लिई असोज २३ गते बाँडफाँट गरिएको थियो भने उद्योग प्रभावित स्थानीयमा असोज ७ देखि २१ गतेसम्म आवेदन लिएर कात्तिक २ गते बाँडफाँट गरिएको हो ।

    images
    images

    नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो । त्यसअनुसार पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता उद्योग प्रभावित स्थानीयका लागि तथा ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीतर्फ निष्कासन गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend