images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • शेयर बजार ५५ अंकले घट्यो, कारोबार...

शेयर बजार ५५ अंकले घट्यो, कारोबार साढे ९ अर्ब

शेयर बजार ५५ अंकले घट्यो, कारोबार साढे ९ अर्ब

images
images
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौं। सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ५५.८६ अंकले घटेको छ । नेप्से २.०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा पुग्दा कारोबार पनि घटेको छ ।

    images
    images

    आज बजार बन्द हुँदासम्म ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच भएको छ ।

    प्रि–ओपन सेसनमा ०.६६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही मिनेट माथि गएको थियो । तर बजारमा पर्ख र हेरको अवस्थामा बसिरहेका लगानीकर्ता बढी भएकाले गर्दा क्रेता भन्दा पनि बजारमा बिक्रेता हाबी भए । निरन्तर ओरालो गतिमा गएको देखिएको छ । २ः३० सम्म बजार सम्हालिन खोजेको देखिए पनि बजार बन्द हुँदा भने नेप्सेमा भारी गिरावट आएको छ ।

    images
    images

    सोमबार ३२७ वटा कम्पनीहरूको शेयर कारोबार हुँदा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।आज १३ वटा समूहमध्ये कुनै पनि समूहको शेयर मूल्य बढेको छैन । आज सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम २.६७ प्रतिशतले घटेर ६ हजार ७१२.३५ विन्दुमा आएको छ ।

    त्यस्तै वाणिज्य बैंक २.२८ प्रतिशतले, विकास बैंक १.८७ प्रतिशतले, फाइनान्स २.२७ प्रतिशतले, हाइड्रो २.४४ प्रतिशतले, लगानी ०.३४ प्रतिशतले, जिवन बीमा २.४९ प्रतिशतले, उत्पादन तथा प्रसोधन १.२५ प्रतिशतले, लघुवित्त २.३३ प्रतिशतले, म्यूचुअल फण्ड ०.९४ प्रतिशतले,  निर्जीवन बीमा २.४५ प्रतिशतले, अन्य समूह १.८३ प्रतिशतले र ट्रेडिङ समूह ०.३५ प्रतिशतले घटेको छ ।आज दिनभरमा १ लाख ११ हजार ९८६ पटक शेयर किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend