काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तुसहित एक श्रीलंकन नागरिक पक्राउ परेकी छन्।पक्राउ पर्नेमा ३२ वर्षीया निरोहिनी मुरुगान रहेकी छन्। उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो।
थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौँ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयसमेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट करिब २ किलोग्राम परिमाणको गाँजा फेला पारी नियन्त्रणमा लिएको हो।पक्राउ परेकी निरोहिनी मुरुगानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ।




.gif)



