images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी...

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

images
images
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकलाई आग्रह गरेको छ । ​​

    images
    images

    बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको 'PAN Update' विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

    साथै, ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक  गर्नका लागि आवेदन दिन सक्नेछन् ।​

    images
    images

    बैंकबाट निक्षपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक पर्ने गर्छ ।

    प्यान अद्यावधिक भएपछि मात्रै ग्राहकको करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट हुन्छ ।जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने बैंकको विश्वास छ ।

    यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend