images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • नेपाल राष्ट्र बैंकले बैंकहरुमा डेढ अर्ब...

नेपाल राष्ट्र बैंकले बैंकहरुमा डेढ अर्ब रुपैयाँ लगानी गर्ने

नेपाल राष्ट्र बैंकले बैंकहरुमा डेढ अर्ब रुपैयाँ लगानी गर्ने

images
images
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

    images
    images

    राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने जनाएको छ ।

    मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले भदौ २६ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend