images

२०८३ आश्विन १९ गते

images
images
images

रजनी थापा अन्तर्राष्ट्रिय उपाध्यक्षमा विजयी

रजनी थापा अन्तर्राष्ट्रिय उपाध्यक्षमा विजयी

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौँ । कात्तिक २१, नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीआईका लागि सन् २०२६ का उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्। १५ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय जेसीआईमा उपाध्यक्षको प्रतिनिधित्व पाउन सफल भएको हो।

    images
    images

    निर्वाचनपछि थापाले आफ्नो सफलता धैर्य, कडा परिश्रम र निरन्तरताको परिणाम भएको बताइन्।

    नेपाल जेसीजका अनुसार सन् २०११ पछि पहिलोपटक अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा नेपालको पुनः प्रतिनिधित्वले संस्थाको गौरव बढाएको छ। संस्थाले भनेको छ, “अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्षको रूपमा सिनेटर रजनी थापाको चयन नेपाल जेसीजको लागि ऐतिहासिक पुनरागमन हो। यो उपलब्धिले नेपालको युवा नेतृत्व क्षमता, प्रतिबद्धता र अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थिति पुनः स्थापित गरेको छ। उहाँको सफलता नेपाली महिलाको क्षमता, परिश्रम र नेतृत्व योग्यताको प्रतीक बनेको छ।”

    images
    images

    विश्वभरका सक्रिय र जिम्मेवार युवा नागरिकहरूको नेतृत्व विकास गर्ने संस्थाको रूपमा परिचित जुनियर च्याम्बर इन्टरनेशनल ९व्ऋक्ष्० को स्थापना सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा भएको हो। हाल यो संस्था २०० भन्दा बढी देशमा करिब ५ लाख सदस्यहरूसहित सक्रिय रूपमा कार्यरत छ।

    नेपालमा नेपाल जेसीज सन् १९६५ मा स्थापना भएको हो। १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको यो संस्थाले देशभरका १७८ भन्दा बढी स्थानीय शाखामार्फत नेतृत्व विकास, उद्यमशीलता, समुदाय सेवा र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्दै आएको छ।

    थापाको यो उपलब्धिले नेपालको युवा नेतृत्व र महिलाको सशक्तिकरणमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend