काठमाडौँ । जेलबाट भागेका एक जना कैदीबन्दीलाई प्रहरीले भक्तपुरको सिपाडोलबाट शुक्रबार पक्राउ गरेको छ । रामेछापको बेथान घर भएर भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलमा बस्ने ३१ वर्षीय कमल विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बताए ।
जेनजी प्रदर्शनको क्रममा उनी भदौ २४ मा सुन्धारा स्थित केन्द्रीय कारागारबाट फरार भएका थिए । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर कारागारको जिम्मा लगाउने तयारी गरिरहेको छ ।




.gif)



