images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • एलन मस्कले पाउने भए १० खर्ब...

एलन मस्कले पाउने भए १० खर्ब डलर तलब प्याकेज

एलन मस्कले पाउने भए १० खर्ब डलर तलब प्याकेज

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • वासिङ्टन डीसी २१ कार्तिक । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई १० खर्ब डलरको तलब प्याकेज दिने योजना स्वीकृत गरेका छन् । 

    images
    images

    बिहीबार बसेको कम्पनीको वार्षिक साधारण सभामा ७५ प्रतिशत शेयरधनीले यो प्याकेजको पक्षमा मतदान गरेका थिए । यो कर्पोरेट सीईओको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो तलब प्याकेज हो । मस्क यस अघि नै विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् ।  

    विगत केही दिनदेखि कम्पनीको सञ्चालक समिति, मस्क र खुद्रा लगानीकर्ताहरूले मस्कको तलब प्याकेजलाई १० खर्ब डलर पु‍र्याउन अभियान चलाइएको थियो । यो तलब प्याकेज पाउन मस्कले टेस्लाको बजार मूल्य बढाउने, सुस्ताएको कार विक्रीलाई बढाउनु पर्ने, रोबोट्याक्सी र अप्टिमस रोबोटिक्समा निश्चित लक्ष्यहरू पूरा गर्नुपर्नेछ ।यति ठुलो तलब भुक्तानीको आलोचना भइरहेको थियो । तर सञ्चालक समितिले भने योजना पारित नभए मस्कले कम्पनी छाड्न सक्ने र यो कम्पनीको लागि निकै महँगो हुने तर्क दिएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend