images

२०८३ आश्विन २३ गते

images
images
images

नबिल बैंकले तीन महिनामा कमायो १ अर्ब ७५ करोड खुद नाफा

नबिल बैंकले तीन महिनामा कमायो १ अर्ब ७५ करोड खुद नाफा

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आवमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा छ ।

    images
    images

    चालू आवको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घट्दा खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा १०.८४ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १.०३ प्रतिशत देखिन्छ ।यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ९७ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ ।

    बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend