images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने...

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ।साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २३ गते आइतबारदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

    बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आउँदो मंसिर ६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा सुनसरीको धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेबाट सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित नगद लाभांश अनुमोदन गर्नेछ। बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैयाँ ९करसहित० वितरण गर्ने निर्णय गरेको छ।

    सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने र गाभिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।सोही सभाले नियमनकारी निकायबाट प्राप्त निर्देशनबमोजिम नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

    images
    images

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend