images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको...

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको गभर्नर पौडेलको भनाइ

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको गभर्नर पौडेलको भनाइ

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौँ । कात्तिक १९, नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताउनुभएको छ।

    images
    images

    नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ कार्यक्रममा बोल्दै गभर्नर पौडेलले पछिल्लो समय लगानी विस्तारमा समस्या भइरहेको अवस्थामा जेनजी आन्दोलनले त्यसमा थप नकारात्मक प्रभाव पारेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “विगत एक(दुई वर्षदेखि पैसा भए पनि लगानी विस्तार हुन सकेको थिएन। हामीले ठूलो लगानी ल्याउन सकेका थिएनौँ। यस्तो अवस्थामा जेनजी आन्दोलन भएपछि यसले थप समस्यामा पारेको छ।”

    images
    images

    त्यसै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठ भएको र त्यसका कारण निजी तथा सरकारी संरचना माथि आक्रमण भएको टिप्पणी गर्नुभयो। उहाँले आन्दोलन प्रारम्भिक उद्देश्य र चाहना अनुसार सुरु भए पनि पछि हिंसात्मक रूप लिएको दाबी गर्नुभयो।

    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरूलाई व्यक्तिमुखी भन्दा प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो। “जेनजी आन्दोलनले देखाएको असन्तुष्टिलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ। हामीले व्यक्तिमा होइन, प्रणालीमा सुधार ल्याउन जरुरी छ,” ज्ञवालीले भन्नुभयो।

    त्यसैगरी नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलन कांग्रेसप्रति पनि लक्षित भएको बताउनु भयो। उहाँका अनुसार आन्दोलनको समयमा कांग्रेस सरकारमा रहेकाले त्यसको जिम्मेवारी पार्टीले लिनुपर्छ। “सधैं क्रान्तिको नेतृत्व गरेको पार्टी हो कांग्रेस, तर त्यो दुई दिन जनता हाम्रो विरुद्धमा पनि आएका थिए। पार्टीको अस्तित्वका लागि यो आत्ममूल्यांकनको समय हो,” पौडेलले भन्नुभयो।

    महान्यायाधिवक्ता सविता भण्डारीले विद्रोह पछिको अवस्था सरकारका लागि अवसर र चुनौती दुवै रहेको बताउनुभयो। उहाँका अनुसार, सुशासनका प्रतिबद्धता सँगै कानुनी अनुसन्धान प्रक्रिया पनि अघि बढिरहेको छ। “कसैलाई दोषी ठहर गर्न प्रमाण आवश्यक हुन्छ। प्रहरी अनुसन्धानमा सक्रिय छ र कानुनी प्रक्रिया मिडियामा नदेखिए पनि जारी छ,” उहाँले स्पष्ट पार्नुभयो।

    कार्यक्रम संयोजक सन्तोष गिरीले जेनजी विद्रोह देशमा बढ्दो असन्तुष्टिको परिणाम भएको बताउँदै नागरिक चेतनाको पुनर्जागरण जरुरी रहेको बताउनुभयो। “देश त्यति बेला मात्र बलियो बन्छ जब नागरिक पनि जिम्मेवार बन्छन्। हामी संवाद, नीति सुधार र देश निर्माणको दिशामा अघि बढ्न चाहन्छौँ,” उहाँले भन्नुभयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend