images

२०८३ आश्विन १८ गते

images
images
images

इलाममा बाढीपहिरोको वितण्डा : ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको क्षति, ३९ को मृत्यु

इलाममा बाढीपहिरोको वितण्डा : ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको क्षति, ३९ को मृत्यु

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • इलाम। गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिरोले इलाम जिल्लामा रु ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति भएको छ।जिल्लाका विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी र कृषिजन्य क्षेत्रमा कुल रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले जानकारी दिएकी छिन्।जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट सङ्कलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार सो परिमाणमा क्षति भएको हो।

    images
    images

    क्षेत्रगत क्षतिको विवरण

    प्रारम्भिक विवरणअनुसार इलाममा भएको क्षतिको मुख्य अंश यसप्रकार छ:

    images
    images

    सडक तथा पूर्वाधार:

    • सडक डिभिजनअन्तर्गत ११ आयोजनामा पहिरोबाट रु छ अर्ब ९६ करोड ४५ लाख को क्षति।
    • पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा रु दुई अर्ब ३४ करोड ६५ लाख, २५ वटा पुलमा रु ८५ करोड र ६ वटा भवनमा रु चार करोड बराबरको क्षति।

    ऊर्जा तथा सिँचाइ:

    • नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ५ आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा रु दुई करोड ४७ लाख ३५ हजार ९५२ को क्षति।
    • जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनामा रु १३ करोड ४६ लाख ६९ हजार, ५ पहिरो नियन्त्रण आयोजनामा रु एक करोड ७४ लाख २२ हजार र ७२ सिँचाइ आयोजनामा रु १७ करोड ७१ लाख ५९ हजार को क्षति।

    खानेपानी:

    खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत २९ खानेपानी आयोजनामा रु २८ करोड ७५ लाख र खानेपानी तथा सरसफाइ डिभिजनअन्तर्गत २२३ आयोजनामा रु २८ करोड १ लाख बराबरको क्षति।

    कृषि तथा पशुपन्छी:

    • कृषि ज्ञान केन्द्रअन्तर्गत ३,४०९ किसानले ८९२.३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा रु २७ करोड ४९ लाख ९५ हजार ७५० को क्षति।
    • राष्ट्रिय चिया तथा कफी विकास बोर्डअन्तर्गत २५ चिया बगानमा रु चार करोड ७५ लाख ५० हजार को क्षति।
    • भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रअन्तर्गत २,५२० पशुपन्छीमा रु दुई करोड ३५ लाख ७६ हजार र २४४ गोठ तथा पोखरीमा रु एक करोड ९७ लाख ५४ हजार को क्षति।

    टेलिकम: नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा रु पाँच लाख आठ हजार को क्षति।

    मानवीय र विस्थापनको अवस्था

    बाढीपहिरोबाट इलाममा ३९ जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए। एक जना अझै बेपत्ता छन्।जिल्लामा सात सय ११ घरपरिवार विस्थापित भएका छन्, जसमध्ये ७०० परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासनले जनाएको छ। बाढीपहिरोबाट जिल्लाको १० स्थानीय तहमा ३६५ घर पूर्ण र ९४० घरमा आंशिक क्षति पुगेको थियो।जिल्लाभित्रका विषयगत कार्यालयबाट सङ्कलन गरिएको क्षतिको यो प्रारम्भिक विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाइसकिएको प्रजिअ नेपालले बताएकी छिन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend