काठमाडौं । स्थानीय बजारमा आलुको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार आलुको भाउ घटेको हो।बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ ।
आज मंगलबार कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा औसत १७ रुपैयाँ घटेको छ । हिजो सोमबार प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको रातो आलु आज प्रतिकिलो ७० रुपैयाँमा किनबेच भइरहेको छ ।यस्तै हिजोको तुलनामा आज सेतो आलु प्रतिकिलो मूल्य ७ रुपैयाँ घटेको तथ्यांकले देखाउँछ ।
आज सेतो आलु प्रतिकिलो थोकमा ६२ रुपैयाँमा किनबेच भइरहेको छ।हिजो सोमबार सेतो आलु प्रतिकिलो थोकमा ६९ रुपैयाँमा किनबेच भएको थियो ।




.gif)





