images

२०८३ आश्विन १८ गते

images
images
images

करदाता संख्या असोज मसान्तसम्म झन्डै २ लाखले वृद्धि

करदाता संख्या असोज मसान्तसम्म झन्डै २ लाखले वृद्धि

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौँ । कात्तिक १८, चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमास (साउन,असोज)मा करदाताको संख्या झन्डै दुई लाखले बढेको छ। अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिने करदाता १ लाख ७२ हजार १९५ जना थपिएका छन्।

    images
    images

    मन्त्रालयले जारी गरेको विवरण अनुसार सो अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट)मा ६ हजार ७७० र अन्तःशूल्कमा ३ हजार १२ नयाँ करदाता दर्ता भएका छन्। व्यवसायिक प्यान लिने करदाताको संख्या २७ हजार ९५३ र व्यक्तिगत प्यान लिने करदाताको संख्या १ लाख ४३ हजार ७४४ रहेको छ। यसैगरी स्रोतमा कर कट्टी गर्ने निकायबाट प्यान लिनेको संख्या ४९८ रहेको मन्त्रालयले जनाएको छ।

    यससँगै देशभर कुल करदाताको संख्या ७१ लाख ७१ हजार ५४५ पुगेको छ। तीमध्ये व्यवसायिक प्यानधारी २० लाख ८८ हजार ७११ र व्यक्तिगत प्यानधारी ५० लाख ४६ हजार ४६६ रहेका छन्। स्रोतमा कर कट्टी गर्ने निकायको संख्या ३६ हजार ३६८ पुगेको छ।

    images
    images

    हाल मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाता ३ लाख ५८ हजार ५०५ र अन्तःशूल्कमा दर्ता हुने करदाता १ लाख २८ हजार ९ रहेका छन्।

    अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। असोज मसान्त सम्मको लक्ष्य ३ खर्ब २१ अर्ब ५३ करोड रहेकोमा हालसम्म २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ०.३२ प्रतिशत मात्र वृद्धि हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend