images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • खाद्यले कैलालीमा किन्यो १४ सय क्विन्टल...

खाद्यले कैलालीमा किन्यो १४ सय क्विन्टल धान, दाङमा कात्तिक २३ देखि

खाद्यले कैलालीमा किन्यो १४ सय क्विन्टल धान, दाङमा कात्तिक २३ देखि

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेश कैलालीमा १ हजार ४ सय क्विन्टल बढी धान किनेको छ ।गत मंगलबारदेखि धान खरिद सुरु गरिएकोमा आजसम्म १ हजार ४ सय ९ क्विन्टल खरिद गरिएको खाद्यले जनाएको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यका अनुसार आज पनि कैलालीका पाँच वटा खरिद केन्द्रबाट धान खरिद भइरहेको छ । ती केन्द्रमा गौरीगंगा, टीकापुर, जोशीपुर, भजनीका साथै धनगढीस्थित कम्पनीको आफ्नै कार्यालय/गोदाम समावेश छन् ।

    images
    images

    यसअघि हिजोसम्म धनगढीबाट मात्र ५ सय ५० क्विन्टल धान खरिद भएको थियो । यो समाचार तयार पार्दासम्म कैलालीका विभिन्न पाँच खरिद केन्द्रबाट उक्त परिमाण बराबर धान खरिद भएको हो ।‘धान बिक्रीका लागि किसानहरूको ठूलो सहभागिता छ,’ सीईओ आचार्यले भने । कैलालीमा धान खरिदका लागि कम्पनीले ४० हजार क्विन्टलको कोटा निर्धारण गरेको छ ।कम्पनीले दाङ तुलसीपुरमा २३ कात्तिदेखि धान खरिद सुरु गर्ने तयारी गरिरहेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयमा बैठक भइरहेको सीईओ आचार्यले बताए ।

    धान खरिदमा ढिलाइ भएको भन्ने गुनासो आएको बाँके नेपालगञ्ज लगायत स्थानमा पनि चाँडै नै खरिद प्रक्रिया सुरु हुने आचार्यले जानकारी दिए ।‘जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाहरूसँग समन्वय गरेरमात्र धान खरिद गर्न मिल्ने भएकाले केही प्रशासनिक कठिनाइ छन्,’ सीईओ आचार्यले अनलाइनखबरसँग भने, ‘जिल्ला खाद्य समितिको बैठक नबसेसम्म खरिद सुरु गर्न मिल्दैन र नेपालगञ्जमा यही कारणले ढिलाइ भएको हो ।’कम्पनीसँग सीमित जनशक्ति (२ सय ५० कर्मचारी) र स्रोतसाधन रहेकाले सोही अनुसार देशभरि खरिद केन्द्र विस्तार गर्दै जाने उनको भनाइ छ ।

    images
    images

    हाल खरिद कार्यमा ५०–६० कर्मचारी मात्र खटिएका छन् । उनले किसानलाई धान बेच्न कुनै समस्या नहुने र कम्पनीले आफ्नो क्षमता अनुसार संख्या विस्तार गरिरहेको बताए ।सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ तोकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend