images

२०८३ आश्विन १८ गते

images
images
images

वीरगञ्ज नाकाबाट तीन महिनामा रु.४ अर्ब ६१ करोडको खाद्यान्न आयात

वीरगञ्ज नाकाबाट तीन महिनामा रु.४ अर्ब ६१ करोडको खाद्यान्न आयात

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • वीरगञ्ज । कार्तिक १६,, चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै रु.चार अर्ब ६१ करोड मूल्य बराबरको खाद्यान्न आयात गरिएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार धान, चामल, मकै, माल्ट लगायत १६ थरिका खाद्यान्न वस्तु भारतबाट आयात गरिएका हुन्।

    images
    images

    गत आर्थिक वर्षको सोही अवधिमा रु.तीन अर्ब चार करोड बराबरका खाद्यान्न आयात भएका थिए। त्यसको तुलनामा यस वर्ष सो अवधिमा रु.एक अर्ब ५६ करोडले बढी खाद्यान्न आयात भएको छ।

    भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनाको अवधिमा मात्र रु. १ अर्ब ८० करोड मूल्यका तीन करोड ३६ लाख १२ हजार ८१० किलोग्राम मकै आयात गरिएको छ। गत वर्ष यही अवधिमा मकै आयात रु.१ अर्ब ९ करोड मूल्यका दुई करोड १६ लाख २७ हजार ९९२ किलोग्राम रहेको थियो।

    images
    images

    त्यस्तै, यस वर्षको तीन महिनामा रु. १ अर्ब ४६ करोड मूल्यका तीन करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात गरिएको छ। गत वर्ष सोही अवधिमा धान आयात रु.१ अर्ब ६ करोड मूल्यका दुई करोड ९२ लाख ६२ हजार २०० किलोग्राम थियो।

    चामल आयात पनि उल्लेख्य रूपमा बढेको भन्सार कार्यालयले जनाएको छ। चालु आवमा रु.८९ करोड ८२ लाख मूल्यका ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात गरिएको छ भने गत वर्ष सोही अवधिमा रु.४६ करोड ५३ लाख मूल्यका ३८ लाख ४७ हजार ८०४ किलोग्राम चामल मात्र आयात भएका थिए।

    वीरगञ्ज नाकाबाट नियमित रूपमा आयात हुने अन्य खाद्यान्नमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, मकै वा अन्य अन्नको च्याखलाको पिठो, कनिका, दलहनको पिठो लगायतका वस्तुहरू समावेश छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend