images

२०८३ आश्विन २३ गते

images
images
images

राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने

राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौँ । कात्तिक १६, नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै यो रकम संकलन गर्न लागेको हो।

    images
    images

    राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलनका लागि आज दिउँसो २ः०० बजे बोलकबोल हुने छ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र सहभागी संस्थाहरूले बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन्। यो निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

    images
    images

    राष्ट्र बैंकका अनुसार १७५ दिन अवधिको यो निक्षेप संकलन उपकरण २०८३ साल वैशाख १३ गते साँवा र ब्याज सहित भुक्तानी गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend