images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • कामना सेवा विकास बैंकको पहिलो त्रैमासिकमा...

कामना सेवा विकास बैंकको पहिलो त्रैमासिकमा १९ करोड ७६ लाख नाफा

कामना सेवा विकास बैंकको पहिलो त्रैमासिकमा १९ करोड ७६ लाख नाफा

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२।८३ को पहिलो त्रैमासिक (प्रथम त्रैमास)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले समिक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    images
    images

    बैंकले त्रैमासको अन्त्यसम्म १९ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा हासिल गरिएको १७ करोड ४९ लाख रुपैयाँ नाफाभन्दा उच्च हो।

    वित्तीय विवरण अनुसार बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ भने कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। बैंकको निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको उल्लेख गरिएको छ।

    images
    images

    यस अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५२ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा केही घटेको देखिन्छ। यो घटावटको प्रमुख कारण सम्भावित कर्जा नोक्सानीका लागि राखिएको प्रभिजन हो, जुन गत वर्षको ४ करोड ८७ लाख रुपैयाँबाट बढेर यो वर्ष ११ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

    यद्यपि, वितरणयोग्य मुनाफा घटे पनि बैंकको वार्षिकीकृत रिटर्न अन इक्वीटी ११.८७ प्रतिशतबाट बढेर १३.३७ प्रतिशत पुगेको छ भने रिटर्न अन एसेट पनि ०.९४ प्रतिशतबाट वृद्धि भई १.१० प्रतिशत पुगेको छ।

    यस अवधिमा बैंकको रिजर्भ कोष १ अर्ब ८३ करोड रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड रुपैयाँभन्दा माथि पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १५२.३१ रुपैयाँ, तरलता अनुपात २३.८० प्रतिशत, प्रतिसेयर कुल सम्पत्ति १,८५४.८९ रुपैयाँ, पीई रेसियो २०.१८ गुणा, र क्यापिटल एडेक्वेसी रेसियो १२.२६ प्रतिशत कायम भएको विवरणमा उल्लेख छ।

    बैंकको प्रतिसेयर आम्दानी पनि बढ्दै गएर यो वर्ष २०.४६ रुपैयाँ पुगेको छ।

    हालै मात्र बैंकले ‘डोरस्टेप बैंकिङ’ नामक नयाँ डिजिटल सेवा सार्वजनिक गरेको थियो, जसमार्फत ग्राहकहरूले घरमै बसेर बैंकिङ सेवा लिन सक्ने सुविधा पाउनेछन्। बैंकका अनुसार यो सेवा नेपालको बैंकिङ इतिहासमै पहिलो पटक सुरु गरिएको नयाँ इनोभेटिभ प्रोडक्ट हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend