images

२०८३ आश्विन १७ गते

images
images
images

बुद्ध एयरले सातामा काठमाडौँ–कलकत्तामा चार उडान गर्ने

बुद्ध एयरले सातामा काठमाडौँ–कलकत्तामा चार उडान गर्ने

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • काठमाडौँ । बुद्ध एयरले आगामी नोभेम्बर १५ (कात्तिक २९ गते)देखि काठमाडौँबाट सिधै कलकत्तामा दुईतर्फी उडान गर्ने भएको छ । बुद्ध एयरले साताको ४ दिन काठमाडौँ–कलकत्ता उडान गर्ने जानकारी दिएको हो ।बुद्ध एयरका अनुसार यसअघि साताको ३ दिन उडान गर्ने भनिएको थियो । तर एयरलाइन्सले साताको ३ दिनको उडान तालिकालाई परिमार्जन गरी सातामा आइतबार, मङ्गलवार, बिहीबार र शनिवार गरी चार दिन उडान गर्ने तयारी रहेको प्रवक्ता वीरेन्द्र कर्णले जानकारी दिए ।

    images
    images

    उनका अनुसार बुद्ध एयरले भारतको कलकत्ता ६ वर्ष पछि पुन उडान गर्न लागेको हो । यसअघि पनि २०७६ जेठ १३ देखि केही समय बुद्ध एयरले काठमाडौँबाट भारतको कलकत्ता सिधा उडान सुरु गरेको भए पनि ६ महिना नपुग्दै बन्द भएको थियो । तर अब पुन उडान गर्ने गरी बुद्ध एयरले उडान तालिका सार्वजनिक गर्दै यात्रुका लागि टिकेट बुकिङसमेत सुरु गरेको छ ।बुद्ध एयरले कलकत्ता उडानको न्यूनतम भाडा दर १४ हजार ५ सय रुपैयाँ रुपैयाँ तोकेको छ । बुद्धले अहिले पनि भारतको बनारसमा नियमित उडान गरिरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend