images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • मितेरी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा,...

मितेरी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

मितेरी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा आउँदो मंसिर ६ गते बिहान ११ बजे धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा गर्ने भएको छ।साधारणसभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक प्रक्रिया अघि बढाउन र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गरिनेछ।

    images
    images

    बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्नेछ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। सो अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीहरू मात्र साधारणसभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend