images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • असोज महिनासम्म राष्ट्र बैंकले विदेशमा गरेको...

असोज महिनासम्म राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

असोज महिनासम्म राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ ।  राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा  १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो । असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ । विदेशबाट आएको रेमिटेन्स लगायत विदेशी मुद्राबापत नेपाली रकम दिएर राष्ट्र बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा गर्ने गर्छ । राष्ट्र बैंकको आम्दानीको सबैभन्दा मुख्य स्रोत नै यही हो । 

    images
    images

    यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ । असार मसान्तमा यो रकम ७ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । चाडबाडको कारण यो वर्ष थप २८ अर्ब रुपैयाँको माग भएको देखिन्छ । तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब  ५० अर्ब पुगेको छ । असार मसान्तमा यो २९ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend