images

२०८३ आश्विन १५ गते

images
images
images

चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान

चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका  कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता  मार्फत मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ ।  चितवनमा दैनिक १०० देखि १५० युनिट रगतको  माग हुने गरेको जनाइएको छ ।  यो सङ्ख्या सङ्घीय राजधानी काठमाडौँ पछिको दोस्रो रगतको माग हुने जिल्ला हो ।  रगतको अभाव भएपछि भरतपुर महानगरपालिका वडा नम्बर २ मा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा भरतपुर महानगरपालिका –२ र १० का वडाध्यक्ष क्रमशः मनोज रानाभाट र परमेश्वर खनाल सहित  १०५ जनाले रक्तदान गरे ।

    images
    images

    प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको आग्रहमा नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणगढद्वारा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले रगतको अभाव भएपछि केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको बताए । अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरुसँगै आम रक्तदाताहरूलाई रक्तदान गर्न आव्हान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले रगतको अभाव भएपछि रक्तदान गर्न सबैमा आव्हान गरिएको बताए । उनका अनुसार आज नेपाल रेडक्रस सोसाइटी उपशाखा गीतानगरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार लायन्स क्लबहरूले रक्तदानको कार्यक्रम आयोजना गर्दै छन् । यसबाट क्रमशः रगतको अभाव घट्दै जाने अपेक्षा गरिएको छ । 

    रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चाडपर्व, राजनीतिक गतिविधि, सङ्घ संस्थाका गतिविधिमा कमी, विद्यालय कलेज बिदा, खेतीपाती भित्र्याउने समय लगायतका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो ।दैनिक बिरामीले खोजेका रक्तदाता र स्वतःस्फूर्त आउनेहरू ५० हाराहारी हुने भए पनि यसले धान्न नसेको उनले बताए । यहाँ रहेका क्यान्सर अस्पतालका बिरामीहरूलाई धेरै रगत आवश्यक पर्दछ । त्यसैगरी दुर्घटना, प्रसूति,  शल्यक्रिया लगायतमा रगतको अभाव हुने गर्दछ । केन्द्रले चितवन सहित छिमेकी जिल्लामा पुगेर रगत सङ्कलन गर्ने गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend