images

२०८३ आश्विन १६ गते

images
images
images

चिया पिउँदा एसिडिटीबाट बच्न के गर्ने ?

चिया पिउँदा एसिडिटीबाट बच्न के गर्ने ?

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ । बिहान र साँझको चिया हरेक नेपालीको भान्सामा बनाइन्छ। धेरै मानिसहरू यसको लतमा छन् कि तिनीहरू बिना चिया आफ्नो दिन सुरु गर्न असमर्थ हुन्छन्। चिया कसैको लागि ऊर्जा पेय जस्तै हो। तर, यसका बेफाइदा पनि कम छैनन् । चिया पिउनेहरूलाई एसिडिटी र कब्जियतको समस्या हुन्छ तर एउटा टिप्स अपनाएर यसबाट बच्न सकिन्छ । चियाले हाम्रो शरीरमा पिसाब उत्पादन बढाएर शरीरमा पानीको कमीलाई बढवा दिन्छ, जसले गर्दा हाम्रो मस्तिष्कमा पानीको भण्डार घट्छ । त्यसैले शरीरलाई हाइड्रेटेड राख्नका लागि चियाभन्दा बढी पानी पिउनु जरुरी छ । 

    images
    images

    डाक्टरका अनुसार चिया वा कफी पिउनुअघि पानी राम्ररी पिउनुपर्छ । किनभने चियाको पीएच लेभल ६ र कफीको ५ हुन्छ। जब पीएच लेभल ७ भन्दा कम हुन्छ भने त्यो चिज अम्लीय हुन्छ। यदि तपाईँ यस्ता चीजहरूको सेवन गर्नुहुन्छ भने तपाईँ निश्चित रूपमा एसिडिटी वा कब्जियतको समस्या सामना गर्नुहुनेछ । त्यसैले जोखिम कम गर्न, प्रशस्त पानी पिउनुपर्छ।एसिडिटीले धेरै रोगलाई निम्तो दिन्छ । एसिडिटीका कारण क्यान्सर, अल्सर र अन्य धेरै रोगको मानिसहरू सिकार बन्न सक्छन् । 

    चिया प्रेमीहरू दिनहुँ चिया पिउने गर्छन् तर आफ्नो स्वास्थ्यप्रति त्यति सचेत छैनन् । यो पिएर उनीहरू आफ्नो पेटको स्वास्थ्यसँग खेलबाड गरिरहेका छन् ।यदि तपाईँ चिया पिउन चाहनुहुन्छ भने पनि यसरी पिउनुहोस् कि यसले तपाईंको स्वास्थ्यलाई हानी नहोस् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend