images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • अलैँचीको मूल्य निरन्तर उकालो,प्रतिमन एक लाख...

अलैँचीको मूल्य निरन्तर उकालो,प्रतिमन एक लाख रुपैयाँ

अलैँचीको मूल्य निरन्तर उकालो,प्रतिमन एक लाख रुपैयाँ

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • झापा । अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ। आज प्रतिमन (४० केजी) अलैँची अधिकतम रु एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए।व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन्। जेजे अलैँचीको मूल्य आज एक लाख प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार प्रतिमनका दरले खरिदबिक्री भइरहेको उनले जानकारी दिए।

    images
    images

    यस वर्ष अलैँचीको भाउ मङ्गलबार सबैभन्दा उच्चबिन्दुमा पुगेको थियो। उनका अनुसार मङ्गलबार जेजे अलैँची प्रतिमन रु एक लाख दुई हजारमा कारोबार भएको थियो। हिजोको तुलनामा आज प्रतिमन रु दुई हजारका दरले मूल्यमा गिरावट आएको छ।‘अलैँचीको भाउ निरन्तर उकालो लागिरहेको थियो, आजमात्र दुई हजार रुपैयाँका दरले ओरालो लागेको हो’, उनले भने, ‘अहिले किसानहरूले औलो क्षेत्रको अलैँची बजारमा ल्याइसकेका छन् भने लेकाली क्षेत्रको अलैँची भर्खर भट्टी लगाउन सुरु भएको छ।’अलैँचीको बजार मूल्य उच्च हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ। पूर्वी पहाडका किसानहरू अहिले बढेको भाउले प्रत्यक्ष लाभान्वित भएका छन्।

    अध्यक्ष नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे तापनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ।नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशतमात्र निर्यात हुने गरेको छ। नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ। विश्वबजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्‍याउन सकिरहेको छैन।कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा काँकरभिट्टा नाका भएर सात अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

    images
    images

    चालु आव २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा अलैँचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ। विगत साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाका भएर रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार मूल्यबराबरको एक हजार ७२ मेट्रिक टन अलैँची भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend