images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • नेपाल नर्सिङ संघको आह्वानमा आन्दोलनरत नर्सद्वारा...

नेपाल नर्सिङ संघको आह्वानमा आन्दोलनरत नर्सद्वारा दुई घण्टा सेवा ठप्प

नेपाल नर्सिङ संघको आह्वानमा आन्दोलनरत नर्सद्वारा दुई घण्टा सेवा ठप्प

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौँ। निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको नर्सहरूले बुधबार दुई घण्टा सेवा ठप्प पारेका छन्। नेपाल नर्सिङ संघको आह्वानमा उनीहरूले बुधबार बिहान १० देखि १२ बजेसम्म सेवा ठप्प पारेका हुन्।

    images
    images

    संघले २ कात्तिकमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्दै १२ कात्तिकदेखि दैनिक दुई घण्टा सेवा रोक्ने घोषणा गरेको थियो। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यदलले १८ कात्तिकमा बुझाउने प्रतिवेदनपछि नयाँ कार्यक्रम घोषणा गर्ने जनाएको छ।नर्सहरूले उठाएको मागलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरेको छ। जसको कार्यावधि छठपछि सात दिन तोकिएको छ।संघको आह्वानमा नर्सहरू ४ कात्तिकबाट हातमा कालोपट्टी बाँधेर सेवामा रहेका थिए। नर्सहरू सेवा तथा सुविधासहितका विषयमा १५ सूत्रीय माग आन्दोलनमा रहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend