images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • बागमती प्रदेशको स्वास्थ्यमा व्यापक सरुवा, को...

बागमती प्रदेशको स्वास्थ्यमा व्यापक सरुवा, को कहाँ?

बागमती प्रदेशको स्वास्थ्यमा व्यापक सरुवा, को कहाँ?

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • हेटौँडा । बागमती प्रदेश सरकारले स्वास्थ्यमा व्यापक सरुवा गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनस्वास्थ्य कार्यालय र अस्पतालहरूका प्रमुखहरूलाई एकैपटक परिवर्तन गरेको हो। सरुवाको निर्णय तिहारअघि नै भएको हो।स्वास्थ्य मन्त्रालयका उपसचिव कुमार पोखरेलका अनुसार यो सरुवा कार्यले प्रदेशभरका स्वास्थ्य संस्थाहरूमा कार्यगत सन्तुलन र सेवा प्रवाहमा निरन्तरता कायम गर्ने उद्देश्य लिएको छ।

    images
    images

    जनस्वास्थ्य कार्यालय ललितपुरमा डा. खगेश्वर गेलाल (स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत) लाई प्रमुखको रूपमा पठाइएको छ। त्यहाँका पूर्वप्रमुख डा. भुवन पौडेललाई मन्त्रालयमा काजमा बोलाइएको छ।त्यसैगरी, अर्जुन पौडेललाई स्वास्थ्य निर्देशनालयबाट धादिङ जनस्वास्थ्य कार्यालयमा सरुवा गरिएको छ, जबकि धादिङका पूर्वप्रमुख जितेन्द्रकुमार शाहलाई स्वास्थ्य मन्त्रालय हेटौँडा पठाइएको छ।

    मकवानपुर जनस्वास्थ्य कार्यालयमा मन्त्रालयबाट किरण श्रेष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको छ।त्यस्तै, चितवन जनस्वास्थ्य कार्यालयमा निर्देशनालयका जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेलाई पठाइएको छ।पूर्वप्रमुख दिनेश रुपाखेतीलाई मन्त्रालयमा काजमा राखिएको छ।दोलखामा हालै पठाइएका दिलेन्द्र मगर भने यथावत् रहनेछन्।

    images
    images

    बकुलहर अस्पताल (रत्ननगर, चितवन)मा बज्रबाराही अस्पतालका पूर्वप्रमुख डा. अंकुर पौडेललाई सरुवा गरिएको छ। बज्रबाराही अस्पतालमा भने दोलखाबाट डा. लक्ष्मण खड्का पुगेका छन्।रसुवा अस्पतालका प्रमुख डा. अच्युत पौडेललाई दोलखा अस्पतालमा स्थानान्तरण गरिएको छ।धादिङ अस्पतालका मेसु डा. गगन अधिकारी अध्ययनका लागि विदामा जाने भएकाले मेथिनकोट अस्पताल (काभ्रे) का डा. त्रिभुवन चन्द्र झालाई त्यहाँ पठाइएको छ।

    रसुवा अस्पतालमा रामेछापका डा. अमित साहलाई निमित्त प्रमुखको रूपमा खटाइएको छ र रामेछापमा डा. सागर जर्घामगरले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।त्यस्तै, मेथिनकोट अस्पतालमा डा. रामशरण श्रेष्ठलाई निमित्त प्रमुख बनाइएको छ।यसैगरी, काठमाडौँको टोखा–चण्डेश्वरी अस्पतालमा डा. नविन दर्नाललाई नयाँ प्रमुखका रूपमा पठाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend