images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • हकप्रद शेयर बाँडफाँड पछि सिटी होटेलको...

हकप्रद शेयर बाँडफाँड पछि सिटी होटेलको बिक्री नभएका शेयर लिलाममा

हकप्रद शेयर बाँडफाँड पछि सिटी होटेलको बिक्री नभएका शेयर लिलाममा

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौं । सिटी होटेल लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार कार्तिक ११ गते हकप्रद बाँडफाँड गरिएको हो।

    images
    images

    कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत बराबरको हकप्रद निष्काशन गरेको थियो, जसको कुल मूल्य १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ (१ करोड ३३ लाख ९२ हजार कित्ता) रहेको छ।

    रितपूर्वक आवेदन दिने ४९ हजार १ सय ८५ जना लगानीकर्तालाई जम्मा १ करोड १२ लाख ४१ हजार ५ सय ८२ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ। बाँकी बिक्री नभएका २१ लाख ५० हजार ४ सय १८ कित्ता शेयर लिलामीमार्फत बिक्री गरिनेछ।

    images
    images

    क्यापिटलका अनुसार हकप्रदमा नपरेका लगानीकर्ताको रकम कार्तिक १२ गते देखि सम्बन्धित बैंक खातामा फिर्ता गरिनेछ।

    नेपाल धितोपत्र बोर्डले साउन ४ गते सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend