images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • क्रेडिट कार्ड प्रयोग गर्दा सजकता अपनाउन...

क्रेडिट कार्ड प्रयोग गर्दा सजकता अपनाउन उपभोक्तालाई राष्ट्र बैंकको आग्रह

क्रेडिट कार्ड प्रयोग गर्दा सजकता अपनाउन उपभोक्तालाई राष्ट्र बैंकको आग्रह

images
images
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • काठमाडौँ । कात्तिक ११ , नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्दा सजकता अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। बैंकले “सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं” भन्ने सन्देश सहित वित्तीय चेतनामूलक अभियान सञ्चालन गर्दै जिम्मेवार भुक्तानी व्यवहारमा जोड दिएको हो।

    images
    images

    राष्ट्र बैंकका अनुसार क्रेडिट कार्ड सुविधा प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानी साधन हो। यस कार्डमार्फत वस्तु तथा सेवाको मूल्य तिर्न वा तोकिएको सीमासम्म नगद निकाल्न सकिन्छ।

    बैंकले सचेत गराएको छ कि क्रेडिट कार्डको बिल समयमै तिरेमा कुनै ब्याज वा शुल्क लाग्दैन। तर ढिलाइ भएमा उच्च दरको ब्याज र हर्जाना लाग्ने भएकाले सावधानी अपनाउन उपभोक्तालाई सुझाव दिइएको छ। साथै, कार्ड प्रयोग गर्नुअघि क्रेडिट सीमा, शुल्क तथा ब्याजदर, बिल तयार हुने मिति, भुक्तानी समयसीमा र ढिलाइ शुल्कबारे जानकारी लिन पनि आग्रह गरिएको छ।

    images
    images

    वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सन्देशअनुसार, “जिम्मेवारीपूर्वक प्रयोग गरौं, क्रेडिट कार्ड सजग ग्राहकको पहिचान हो।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend