images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • सुनको मूल्यमा उल्लेखनीय गिरावट १३ हजार...

सुनको मूल्यमा उल्लेखनीय गिरावट १३ हजार ६ सय रूपैयाँले घट्यो, केही समय अल्पकालीन गिरावटको प्रक्षेपण

सुनको मूल्यमा उल्लेखनीय गिरावट १३ हजार ६ सय रूपैयाँले घट्यो, केही समय अल्पकालीन गिरावटको प्रक्षेपण

images
images
सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • काठमाडौँ । पछिल्लो दिनहरुमा स्थानीय बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। तिहारपछिका दुई दिनमा सुनको मूल्य प्रतितोला १३ हजार ६ सय रूपैयाँले घटेको छ।

    images
    images

    स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला ११६,००० रूपैयाँ घटेर कारोबार भयो भने सोमबार थप २,००० रूपैयाँले घटेर दुई लाख ३९,९०० रूपैयाँमा कारोबार भएको छ।

    असोज ३१ गते सुनको मूल्य ऐतिहासिक उच्च स्तरमा पुगेको थियो। त्यतिबेला प्रतितोला सुनको मूल्य दुई लाख ५८ हजार रूपैयाँसम्म पुगेको थियो।

    images
    images

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घट्ने क्रम देखिएको छ। गत मंगलबार सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट आएको थियो। सो दिन सुनको मूल्य प्रतिऔंस चार हजार ८२ डलरमा झरेको थियो, जुन सन् २०१३ अप्रिलपछि एकै दिनको सबैभन्दा ठूलो गिरावट हो। विश्लेषकहरुका अनुसार, सुनको मूल्य हाल घट्दो क्रममै छ र केहीले अल्पकालीन रूपमा प्रतिऔंस तीन हजार डलरसम्म पनि पुग्ने प्रक्षेपण गरेका छन्।

    गोल्डम्यान सान्चले भने सन् २०२५ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस चार हजार डलर आसपास रहिरहने प्रक्षेपण गरेको छ। द स्ट्रिट डटकमका अनुसार, ‘गत वर्ष करिब ५० प्रतिशतले बढेर प्रतिऔंस चार हजार चार सय डलर पुगेको सुनको मूल्य गत अक्टोबर २१ मा एकै दिन ६ प्रतिशतले घट्दा बजारमा दीर्घकालीन उकालो यात्राको समाप्ति हुने संकेत आएको छ।’

    विशेषज्ञका अनुसार, विश्वका केन्द्रीय बैंकहरूले सुन किन्ने क्रम बढाउँदा, अन्तर्राष्ट्रिय राजनीतिक वातावरण अस्थिर हुँदा र डलरको भाउ स्थिर हुँदा सुनको मूल्य बढिरहेको छ। यद्यपि, हाल मूल्य उच्च भएको कारण अल्पकालीन रूपमा केही समयको गिरावट आउने प्रक्षेपण गरिएको छ। दीर्घकालीन रूपमा भने सुनको मूल्य बढ्ने सम्भावना कायमै छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend