काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि आज सिंगापुर प्रस्थान गर्न लागेका छन्। कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणासहित देउवा आज बेलुका करिब ९ः०० बजे सिंगापुर जान लागेका हुन्।
गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा देउवा माथि कुटपिट भएको थियो। घटनापछि सुरक्षाकर्मीहरूले उनलाई उद्धार गरी अस्पताल पुर्याएका थिए। टाउकोमा गहिरो चोट लागेका देउवाको उपचारका क्रममा १२ वटा टाँका लगाइएको थियो।
उनी हाल स्वास्थ्यलाभ भइरहेकाले थप परीक्षण तथा उपचारका लागि सिंगापुर जाने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ।




.gif)





