images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • पूर्वी टिमोर आसियानको ११औँ सदस्य राष्ट्र...

पूर्वी टिमोर आसियानको ११औँ सदस्य राष्ट्र बन्दै

पूर्वी टिमोर आसियानको ११औँ सदस्य राष्ट्र बन्दै

images
images
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ । कार्तिक ९, १४ वर्ष लामो प्रतीक्षा र प्रयासपछि पूर्वी टिमोर (टिमोर–लेस्टे) आधिकारिक रूपमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को ११औँ सदस्य राष्ट्र बनेको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित आसियान शिखर सम्मेलनमा पूर्वी टिमोरका प्रधानमन्त्री जानाना गुस्माओले अन्य नेताहरूसँग हात जोडेर एकताको प्रतीकस्वरूप ऐतिहासिक क्षणको साक्षी बने।

    images
    images

    प्रधानमन्त्री गुस्माओले यस अवसरमा भन्नुभयो, “यो केवल सपना साकार भएको होइन, यो हाम्रो लचिलोपन र दृढताको प्रमाण हो। यो अन्त्य होइन, हाम्रो राष्ट्रिय यात्राको नयाँ अध्यायको सुरुआत हो।”

    मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पूर्वी टिमोरको सदस्यतालाई ‘आसियान परिवारको पूर्णता’ भन्दै क्षेत्रीय सम्बन्धको मजबूतीको संकेत भएको बताउनुभयो।

    images
    images

    पूर्वी टिमोर दक्षिणपूर्वी एसियाको कान्छो देश हो, जसले २४ वर्षको इन्डोनेसियाली कब्जापछि सन् २००२ मा स्वतन्त्रता प्राप्त गरेको थियो। सन् २०११ मा पहिलो पटक आसियान सदस्यताका लागि आवेदन दिएको देशले १४ वर्षको प्रयासपछि सन् २०२५ मा पूर्ण सदस्यता पाएको हो।

    यद्यपि, देशको अर्थतन्त्र अझै तेलमा निर्भर छ र उच्च बेरोजगारी, गरिबी, कुपोषण तथा सामाजिक असमानता जस्ता चुनौतीहरू कायमै छन्। पूर्वाधार र प्राविधिक जनशक्तिको अभावका कारण आसियानको आर्थिक समुदायमा पूर्ण सहभागिता कठिन हुने विश्लेषकहरूको धारणा छ।

    आसियान सन् १९६७ मा पाँच देशबाट सुरु भएको थियो र सन् १९९९ मा कम्बोडियाले अन्तिम प्रवेश गरेको थियो। पूर्वी टिमोरको प्रवेशसँगै आसियान ११ सदस्यीय बनेको छ। यसले क्षेत्रीय एकता मात्र नभई दक्षिणपूर्वी एसियाको भूराजनीतिक नक्सालाई पनि पूर्ण बनाएको मानिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend