images

२०८३ आश्विन १८ गते

images
images
images

मुस्ताङमा एकैदिन करिब ७ हजार पर्यटकको आगमन

मुस्ताङमा एकैदिन करिब ७ हजार पर्यटकको आगमन

images
images
शनिवार, कार्तिक ८ २०८२
शनिवार, कार्तिक ८ २०८२
  • काठमाडौँ । कात्तिक ८, धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तिहार लगत्तै एकैदिन ६ हजार ८५९ पर्यटक प्रवेश गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार तिहारको भाइटीका सम्पन्न भएको पहिलो दिन मात्रै बेनी जोमसोम सडकमार्ग हुँदै उक्त संख्यामा आन्तरिक तथा विदेशी पर्यटक जिल्ला भित्रिएका हुन्।

    images
    images

    Mustang bazaar.jpg

    प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाका अनुसार शुक्रबार एकैदिन ६ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक मुस्ताङ पुगेका हुन्। सो दिन २ हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेका थिए।

    images
    images

    कात्तिकको पहिलो सातामा मात्र बेनी जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ पर्यटक मुस्ताङ पुगेका छन्। तीमध्ये १७ हजार १२९ जना आन्तरिक र ३ हजार ३८० जना विदेशी पर्यटक रहेको प्रहरीले जनाएको छ। सो अवधिमा ६ हजार ७३६ सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए।

    चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्रै १ लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ पुगेका थिए, जसमा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी रहेका छन्।

    मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङका अनुसार तिहारपछि मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक वृद्धि भएको छ। भीड व्यवस्थापनका लागि सुरक्षा निकाय र स्वयंसेवकहरू खटाइएका छन् भने स्वास्थ्य जोखिमका कारण हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर तयारी अवस्थामा राखिएको छ। साथै, मन्दिर परिसरमा सीसी क्यामेरा जडान गरी सुरक्षा निगरानी सुदृढ गरिएको समितिले जनाएको छ।

    पर्यटकको बढ्दो चापका कारण बेनी जोमसोम सडकमार्गमा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ। सयौँ सवारी साधन एकैसाथ सडकमा हिँड्दा कतिपय स्थानमा ट्राफिक जाम समेत भएको थियो।

    उद्योग वाणिज्य सङ्घ मुस्ताङका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार अहिले जिल्लाका करिब ३०० होटल पर्यटकले भरिभराउ भएका छन्। उनका अनुसार चाडपर्वका बेला पारिवारिक भ्रमण, विद्यार्थी, कर्मचारी तथा विदेशबाट फर्किएका नेपालीहरूको आगमनका कारण मुस्ताङ प्रमुख गन्तव्य बन्न थालेको हो।

    राष्ट्रिय गौरवको बेनी,जोमसोम,कोरला सडकमार्ग सहज बन्दै गएसँगै मुस्ताङको पर्यटन व्यवसायमा नयाँ उभार आएको बताइएको छ। प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्न चाहनेहरूलाई पहिले नै होटल बुकिङ गरेर मात्र आउन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend