images

२०८३ आश्विन १६ गते

images
images
images

बुटवलका दश उद्योगको विद्युत् लाइन काटियो

बुटवलका दश उद्योगको विद्युत् लाइन काटियो

images
images
शनिवार, कार्तिक ८ २०८२
शनिवार, कार्तिक ८ २०८२
  • काठमाडौँ । कात्तिक ८, लामो समयदेखि ट्रंकलाइन महसुल विवादमा रहेका बुटवल भैरहवा औद्योगिक करिडोरका दश उद्योगको शुक्रबार साँझदेखि नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटिदिएको छ।

    images
    images

    प्राधिकरणका अनुसार महसुल तिर्न चेतावनी दिइए पनि तोकिएको म्यादभित्र पहिलो किस्ता बुझाउन नसकेपछि लाइन काटिएको हो।

    शुक्रबार विद्युत् काटिने उद्योगहरूमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारि स्वचालित कारखाना, जगदम्वा सिन्थेटिक, एभरेष्ट रोलिङ, घाराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोना मिनरल्स एन्ड आयल्स र निगाले सिमेन्ट रहेका छन्।

    images
    images

    प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार विवादित उद्योगमध्ये १४ वटा उद्योगले महसुलको पहिलो किस्ता बुझाएका छन्, जसको लाइन काटिएको छैन।

    त्यस्तै, डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयको धरौटी रकम किस्ता तिर्न पर्याप्त भएकाले उनीहरूको लाइन पनि जोगिएको छ।

    यसैगरी, अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट प्रालि, मारुती सिमेन्ट र पोलिप्याक्स गरी छ वटा उद्योग अदालत गएका हुँदा अदालतको आदेशअनुसार तिनीहरूको लाइन काटिएको छैन।

    यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको अतिरिक्त महसुल तिरेका छैनन्। तर, उद्योगीहरूले भने “वास्तविक बिल नआएकाले” महसुल तिर्न अस्वीकार गर्दै आएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend