images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • डडेल्धुराका युवामा पुष्प व्यवसायप्रति आकर्षण, आत्मनिर्भर...

डडेल्धुराका युवामा पुष्प व्यवसायप्रति आकर्षण, आत्मनिर्भर बन्ने प्रयास

डडेल्धुराका युवामा पुष्प व्यवसायप्रति आकर्षण, आत्मनिर्भर बन्ने प्रयास

images
images
बुधवार, कार्तिक ५ २०८२
बुधवार, कार्तिक ५ २०८२
  • काठमाडौँ । डडेल्धुरामा पछिल्लो समय युवाहरू पुष्प व्यवसायतर्फ आकर्षित भइरहेका छन्। थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने देखिएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा फूल खेतीमा लागेका हुन्।

    images
    images

    अजयमेरु गाउँपालिका–५ का टेकराज पाठकले चार वर्षअघि दुर्गम गाउँमै सयपत्री फूलको व्यवसाय सुरु गरेका थिए। सुरुमा घरपरिवारले नै फूल खेतीबाट आम्दानी हुन्छ भन्ने विश्वास नगरे पनि अहिले भने ग्राहकहरू घरमै फूल किन्न आउने गर्छन्। पाठकले ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आएका छन्। कृषि ज्ञान केन्द्र र गाउँपालिकाबाट टनेल तथा सिँचाइका लागि सहयोग पाएका उनले दसैं–तिहारको सिजनमा डडेल्धुरा देखि धनगढीसम्म फूल आपूर्ति गर्छन्।

    अमरगढी नगरपालिका–१ का सुरत ऐर पनि पुष्प व्यवसायबाट आत्मनिर्भर बनेका युवामध्ये एक हुन्। पाँच वर्षअघि सुरु गरेको फूल खेती अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ। ऐरका अनुसार, “आफ्नै गाउँमा फुलेका फूलको माला प्रयोग गर्नु गर्वको कुरा हो।” उनले डेढ रोपनी जमिनमा सयपत्री फूल खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्।

    images
    images

    त्यस्तै, परशुराम नगरपालिका–४ का चक्रसिंह मालले पनि तीन वर्षदेखि तीन रोपनी खेतमा सयपत्री खेती गर्दै आएका छन्। उनका फूलहरू डडेल्धुरादेखि धनगढीसम्म बिक्री हुने गरेका छन्।

    युवाहरूको भनाइमा, पुष्प व्यवसायले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको छ। तर, बजार विस्तार, बिउ र सिँचाइको समस्या तथा आयातित कृत्रिम मालाले प्रतिस्पर्धा गर्न कठिनाइ भएको व्यवसायीहरूको गुनासो छ।

    व्यवसायीहरूले स्थानीय सरकारले फूल खेतीलाई प्राथमिकतामा राखी सहयोग र प्रोत्साहन गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार, प्लास्टिक जन्य वस्तुको प्रयोग रोकिए फूल खेतीले वातावरणीय सन्तुलनसँगै स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend