images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • कुमारी बैंकको तीज विषेश योजना :...

कुमारी बैंकको तीज विषेश योजना : प्रत्येक दिन २५ ग्राहकलाई १ सय रूपैयाँ क्यास ब्याक

कुमारी बैंकको तीज विषेश योजना : प्रत्येक दिन २५ ग्राहकलाई १ सय रूपैयाँ क्यास ब्याक

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं ।  कुमारी बैंक लिमिटेडले नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी क्यास ब्याक योजना सञ्चालन गरेको छ ।

    images
    images

    निरन्तर रूपमा सरल, सहज तथा नवीनतम सेवा सुविधा दिँदै आएकोमा विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीका खाताबाट डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरूप यही भदौ २०–२६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सय रूपैयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

    यो योजनाले सेवाग्राहीहरूको विद्युतीय भुक्तानी प्रयोगमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।२३ वर्षदेखि निरन्तर वित्तीय साक्षरता प्रवर्द्धन गर्दै बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभरका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

    images
    images

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend