images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५०...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० लाख रुपैयाँभन्दा बढीको औषधि घोटाला, फार्मेसी बन्द

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० लाख रुपैयाँभन्दा बढीको औषधि घोटाला, फार्मेसी बन्द

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको फार्मेसीमा ५० लाख रुपैयाँभन्दा बढीको औषधि हिनामिना गरिएको तथ्य सार्वजनिक भएपछि प्रतिष्ठानभित्र व्यापक आर्थिक अनियमितताको प्रकरण सतहमा आएको छ।

    images
    images

    प्रतिष्ठानले ५ करोड ५० हजार रुपैयाँ बराबरको औषधि खरिद गरे पनि प्रारम्भिक छानबिनमा करिब ५० लाख रुपैयाँ बराबरको औषधि हराएको देखिएको हो। प्रतिष्ठानकै प्रारम्भिक मूल्यांकनले फार्मेसीमा ठूलो आर्थिक अनियमितता भएको पुष्टि गरेको छ।

    उच्च तहका पदाधिकारी संलग्न भएको आशंका,फार्मेसी सञ्चालन समितिका संयोजक तथा प्रतिष्ठानका निर्देशक डा. जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन र कर्मचारी विवेक दाहालको मिलेमतोमा घोटाला भएको प्रारम्भिक निष्कर्षमा प्रतिष्ठान पुगेको छ।

    images
    images

    त्यस्तै, फार्मेसी सञ्चालनका लागि कर्मचारी आपूर्ति गर्ने केटीएम सेक्युरिटी प्रालिको समेत संलग्नता देखिएको बताइएको छ।

    रजिस्ट्रारको पुष्टि, कारबाही प्रक्रिया सुरु,प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद संग्रौलाले औषधि हिनामिना पुष्टि गर्दै दोषी माथि छानबिन र कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। उनले भने, “सम्बन्धित कर्मचारीलाई निलम्बन गरेर छानबिन अघि बढाउने तयारीमा छौं।”

    उनका अनुसार स्वतन्त्र व्यक्तिको संयोजकत्वमा विशेष छानबिन समिति गठन गरिँदैछ भने आन्तरिक लेखा परीक्षण र बाह्य अडिट प्रक्रियासमेत सुरु गरिएको छ।

    ३६ लाखको औषधि गायब, म्याद सकिएको औषधिसमेत भण्डारणमा,डेपुटी निर्देशक डा. इन्द्र लिम्बूका अनुसार फार्मेसीमा ३६ लाख रुपैयाँ बराबरको औषधि फेला परेन। त्यस्तै, बिक्री भएको ४ लाख रुपैयाँको हिसाब गडबड देखिएको छ भने १४ लाख रुपैयाँभन्दा बढी मूल्यको औषधि म्याद सकिएको अवस्थामा भेटिएको छ।

    उनले भने, “फार्मेसीको हिसाब–किताब जाँच्दा ठूलो मात्रामा औषधि हराएको, बिक्री रकममा गडबडी देखिएको र म्याद सकिएका औषधिहरू भण्डारणमै राखिएको पाइएको छ।”

    फार्मेसी बन्द, बिरामीहरू मर्कामा,घोटालाको तथ्य बाहिरिए पछि प्रतिष्ठानले तत्काल औषधि बिक्री बन्द गरेको छ। यसको असरस्वरूप उपचारका लागि आउने हजारौं बिरामीहरू समस्यामा परेका छन्। बिरामीहरू अहिले आवश्यक औषधि बाहिरी मेडिकलबाट महँगोमा किन्न बाध्य छन्।

    धरान–१५ का ज्ञानेन्द्र बस्नेत भन्छन्, “पहिले बीपीको फार्मेसीमा औषधि बाहिरभन्दा सस्तो पाइन्थ्यो, अहिले महँगोमा किन्नुपरेको छ।”
    धरान–१३ का रवि राईले घोटालामा संलग्न सबैलाई कारबाही गर्न र फार्मेसी पुनः सञ्चालनको माग गरेका छन्।

    स्वास्थ्य बिमा लाभ लिन सकेनन् बिरामी,फार्मेसी बन्द भएपछि स्वास्थ्य बिमा लाभ पाउने बिरामीहरू समेत प्रभावित भएका छन्। संस्थाले बिमा अन्तर्गत निःशुल्क औषधि वितरण गर्दै आएको थियो, तर अहिले बिरामीहरूलाई आफ्नै खर्चमा औषधि किन्नु परेको छ।

    बिरामी सीता विष्ट भन्छिन्, “फार्मेसी बन्द गरेर हामी बिरामीलाई बाहिर औषधि किन्न बाध्य पारिएको छ, यो हाम्रो अधिकार खोसिएको हो।”

    प्रतिक्रिया र माग,फार्मेसीमा अनियमितता देखिएपछि अस्पतालको जिम्मेवारी अस्थायी रूपमा डेपुटी निर्देशक डा.इन्द्र लिम्बूलाई दिनुपर्ने तयारी गरिएको छ। तर उनले छानबिन टुंगिनुअघि जिम्मेवारी नलिने बताएका छन्।

    बीपी प्रतिष्ठान शुद्धीकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले भने, “यो घटनाले बीपी प्रतिष्ठानको विश्वसनीयता माथि प्रश्न उठाएको छ। अब ढिलाइ नगरी पारदर्शी ढंगले छानबिन गर्नुपर्छ।”

    अभियुक्तहरूको प्रतिक्रिया,निर्देशक डा.जगतनारायण प्रसादले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै अनुसन्धान आफैंले सुरु गरेको दाबी गरेका छन्। उनले भने, “फार्मेसीमा अनियमितता भएको हो, तर म संलग्न छैन।”

    फार्मेसी इन्चार्ज लक्ष्मण महर्जनलाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्। अन्य संलग्न भनिएका व्यक्तिहरूले समेत प्रतिक्रिया दिएका छैनन्।

    फार्मेसी छिट्टै सञ्चालन हुने तयारी,प्रतिष्ठानका उपकुलपति प्रा.डा.विक्रमप्रसाद श्रेष्ठले फार्मेसी बन्द हुँदा बिरामीलाई परेको समस्या समाधानका लागि अस्थायी व्यवस्था गर्दै फार्मेसी छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो राष्ट्रिय प्रतिष्ठानमा यस्तो प्रकारको आर्थिक घोटाला हुनु दुःखद छ। पारदर्शिता, जवाफ देहिता र शीघ्र कारबाहीको माग अहिलेको आवश्यकता हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend