काठमाडौँ । असोज ३०, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट पारित भएपश्चात मात्र सेयरधनीहरूले सो लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले विगत केही वर्षदेखि नियमित रुपमा लाभांश वितरण गर्दै आइरहेको छ, जसले लगानीकर्ताको विश्वास बढाउने संकेत दिन्छ।




.gif)





